जानकी खबर । असार३०,कलैया ।                   बाराको पचरौता नगरपालिकाकाले अगामी आर्थिक बर्षमा स्नातक उर्तिण गर्ने छोरीहरुलाई रु ५१ हजार रकम दिने भएका छन् ।

आर्थिक बर्ष २०७८-०७९ को बजेटमा सो योजना ल्याएको हो । तराई मधेसका जिल्लाहरुमा छोरीहरुलाई पढाउने नचाहेको बेला पचरौता नगरपालिकाले छोरीहरुलाई शिक्षामा आकर्षित गर्न एवम अभिभावकहरुलाई उत्साहित गर्ने उदेश्यका साथ यस्तो योजना ल्याएको नगरप्रमुख रमेश यादवले जानकारी दिए । थौरै भएपनि ५१ हजार रकमले उच्च शिक्षा हासिल गर्नेमा सहयोग पुग्ने नगरप्रमुख यादवको भनाई रहेको छ । केही बर्ष अगाडी छोरीलाई पढाउनका लागि अभिभावकहरुले खासै चासो लिएका थिएनन् । तर संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको स्थापना पछि केही हद सम्म तराई मधेसमा छोरीलाई पनि पढाउनु पर्छ भने चेतनाको विकास भएसंगै शिक्षामा छोरीको पहुँच बढेको छ । नगरपालिकाको यो अभियानलाई पचरौताको महिला समुहहरुले स्वागत गरेका छन् । महिलाको स्वाभिमानलाई अगाडी बढाउनका लागि बजेटमा नै स्नातक पास गर्ने महिलालाई नगद ५१ हजार दिने प्रस्ताव निकै नै सराहनीय रहेको महिला अधिकारकर्मी साबित्री शर्माले भनिन् ।

मेयर यादवले पचरौता नगरपालिकामा जनमुखि रचानात्म बजेट ल्याई नागरिकलाई विभिन्न क्षेत्रमा सबल बनाउन आर्थिक बर्ष २०७८-७९ का लागि ४५ करोड ८४ लाख २७ हजार बजेट छुटट्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *