जानकी खबर ।  २९ असार,जनकपुरधाम ।

सुन र चाँदीको भाउ बढेको छ ।

गत सोमबार प्रतितोला २०० रुपैयाँले घटेर ९२ हजार २०० मा झरेको सुनको मूल्य मंगलबार पुनः ९२ हजार ४०० रुपैयाँमा उक्लिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँ पुगेको हो ।

यस दिन तेजाबी सुन समेत गत सोमबारको तुलनामा प्रतितोला २०० रुपैयाँले नै बढेर ९१ हजार ९०० रुपैयाँ कायम भएको छ ।

यता चाँदीको मूल्य भने गत सोमबारको मूल्यमा प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै आज एक हजार ३२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *