जानकी खबर २८ असार,काठमाडौं ।

अमेरिकाले नेपाललाई उपलब्ध गराएको जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप काठमाडौं आइपुगेको छ ।

एक डोज मात्र लगाए हुने जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप कतार एयरवेजको नियमित उडानमार्फत ल्याइएको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

अमेरिकी सरकारले उपहार स्वरुप दिएको खोप नेपाली नागरिकको जीवनरक्षाका लागि बरदान सावित हुने मन्त्री श्रेष्ठले बताए । प्राप्त भएको खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने तयारी रहेको भन्दै उनले छिट्टै खोप अभियान चलाउने जानकारी दिए ।

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८ सय ५० मात्रा खोप उपहारस्वरुप प्रदान गरेको जानकारी दिए । राजनीतिक लाभका लागि अमेरिकाले खोपको व्यापार नगर्ने पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *