जानकी खबर ।असार २८, मिथिलेश्वर ।

धनुषाको मिथिला बिहारी नगरपालिकाबाट प्रहरीले चोरीका दुई मोटरसाइकल साथै दुई जना पेशेबर चोर लाई पक्राउ गरेको छ ।

आइतवार दिउँसो प्रहरीले नगरपालिकाको वडा ३ मिथिलेश्वर बाट चोरीका दुई मोटरसाइकल साथै दुई पेशेबर चोर पनि पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगर ८ पिडारी चोकका १६ वर्षीय रिहान खान र मिथिला बिहारी नगरपालिका ३ का १९ वर्षीय समिर खान रहेका छन् । उनीहरुले चोरी गरेर चढेका १६० सिसि रातो कलरका अपाचे र १५० सिसि कालो–रातो पल्सर मोटरसाइकल बरामद गरिएको छ ।मोटरसाइकलवाट नम्बर हटाइदिएको छ । दुबै मोटरसाइकलमा चार जना चढेका थिए । आशंका लागेर प्रहरीले मोटरसाइकल चेकजाँच गर्न खोजेको थियो । तर उनीहरु भाग्न खोजेपछि ईलाका प्रहरी कार्यालय तारापट्टीका असई विलेक्षण यादव कमाण्डको टोलीले लखेटेर दुवै जनालाई समातेका छन् । अन्य दुई जना फरार भएको बताइएको छ । फरार दुई युवकको पनि खोजी गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका ति दुई किशोरले शनिवार राति जनकपुरबाट दुबै गाडी चोरी गरेको प्रहरी समक्ष बयान दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *