जानकी खबर । असार २७,सिरहा ।
सिरहाजिल्लाको लहानस्थित रहेको नापी कार्यालय लहानका कार्यालय प्रमुख सँजय सिँह सहित अन्य कर्मचारीहरुले कार्यालयभित्रै दारु पार्टी गरेको तस्विरहरु सार्वजनिक भएको छ ।
असार मसान्तको अन्तिम भन्दै पार्टी (भोजभतेर) गरेको भनेर केही जनाले फेसबुकमा दारु खाँदै गरेको फोटोहरु सार्वजनिक गरेको छ । नापी कार्यालयका कार्यालय प्रमुख सँजय सिँहले शनिबार (आज) कार्यालयभित्रै मदिरा पार्टी गरेको हो ।
सरकारी कार्यालयभित्र यस्ता क्रियाकलाप गरे कारवाही हुने भएपनि कार्यालयको प्रमुख नै आफ्नो कार्यालयमै दारु पार्टी गरेको फोटोहरु सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको छ ।
प्रदेश नम्बर २ को सिरहाजिल्ला लहानस्थित रहेको नापी कार्यालय लहानका कार्यालय प्रमुख सँजय सिँह सहित अन्य कर्मचारीहरुले कार्यालयभित्रै दारु पार्टी गरेको तस्विरहरु सार्वजनिक भएको छ ।