जानकी खबर ।२७ असार,कञ्चनपुर ।

कञ्चनपुरमा लागूऔषध हिरोइनसहित दुई जना पक्राउ परेका छन् । 

शनिबार साँझ जिल्लाको वेदकोट नगरपालिका सुन्दरपुरस्थित कृषि तालिम केन्द्रको परिसरबाट दुबै जना दुई ग्राम ६० मिलिग्राम लागूऔषध खैरो हिरोइनका साथमा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा २५ वर्षीय गणेश विष्ट र २६ वर्षीय करन धामी रहेका छन् । दुवै जना हिरोइनको कारोवार गर्नका लागि कृषि तालिम केन्द्रको परिसर पुगेका थिए । 

प्रहरीले दुवै जनालाई हिरासतमा राखी आवश्यक कारबाही अगाडि बढाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *