जनकी खबर ।२७ असार,पर्सा ।

पर्साको छिपहरमाईलाई शनिबार पुर्ण खोप गाउँपालिका घोषणा गरिएको छ ।

शनिबार एक कार्यक्रमका बिच पुर्ण खोप गाउँपालिका घोषणा गरिएको छ ।

यस गाउँपालिकामा रहेका २३ महिना मुनीका बालबालिकाहरुलाई स्वास्थ्यकर्मीले घरमै गएर खोप लगाईसकेपछि छिपहरमाई गाउँपालिका पुर्ण खोप घोषणा गरिएको हो । स्थानिय स्वामित्व र सहभागिता’ पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ नाराका साथ छिपहरमाई गाउँपालिका वडा नं ३ जयमंगलापुरमा आयोजित कार्यक्रममा पुर्ण खोप घोषणा गरिएको हो । स्वास्थ्य शाखाको आयोजनामा पुर्ण खोप घोषणा कार्यक्रमलाई छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले उदघाटन गरेका थिए । उनले घोषणा पत्र पढेर पुर्ण खोप घोषणा भएको बताए । कोरोना महामारीको समयमा जोखिम मोलेर घरघरमा गई स्वास्थ्य सेवा दिएकोमा महिला स्वयमसेबिका, स्वास्थ्यकर्मीहरुलाई धन्यवाद ज्ञापन गरे । अध्यक्ष गुप्ताले गापा पुर्णखोप घोषणा समारोहमा सबै भन्दा पहिला छोरी बिमा र कन्यादान राशी लिएर आएको बताए । अब छोरीहरुलाई बोझको रुपमा नलिन आग्रह समेत गरे । छिपहरमाई गाउँपालिकामा जन्मिने छोरीको लागि स्वर्ण बिमा कार्यक्रम नेपालको पहिलो गाउँपालिकामा लागु गरेर ३६४ जना छोरीलाई दुई लाखको बिमा खोलेको बताए । यसपाली पाँच सय बिमा खोल्ने योजना रहेको छ ।

कन्यादान राशी दिने नयाँ योजना ल्याएको उलने बताए । गाउँपालिकामा रहेको गरिब ,दलित, बिपन परिवारको छोरी को बिबाहमा गाउँपालिकाले २१ हजार देखि ५१ हजार सम्मको कन्यादान राशी घरमा पुगेर दिने घोषणा गरे । कन्यादान राशीबाट विपन्न घर परिवारलाई धेरै नै सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । स्वास्थ्य ,शिक्षा र कृषि प्राथमिकतामा रहेको बर्थिंग सेन्टर दुई वटा वडामा मात्र स्थापना गर्न बाँकी रहेको बताए । अबको मिशन घरघरमा रोजगार र प्रत्येक घर पक्की बनाउने रहेको उनले बताए । पुर्णखोप घोषणा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले १२ देखि २३ महिनाको बालबालिकाहरुले पुर्ण खोप नपाउँदा सबैभन्दा पीडित आमा नै हुने गरेकोले महिलाहरुले यस तर्फ चनाखो हुन जरुरी रहेको बताए । पुर्णखोप घोषणा कार्यक्रममा छिपहरमाई गाउँपालिकाका समसुल मियाँ, वडाध्यक्ष राजबली यादव, महेन्द्र साह कलवार, मौजीलाल साह,रामबालक राउत गदी, पुर्व गाबिस अध्यक्ष पहलाद गुप्ता ,जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नवल किसोर साह, खोप प्रमुख अनिल सिंह, जिल्ला समन्वय समिति पर्सा का सदस्य सुबास साह, ज्ञानबहादुर साह, स्वास्थ्यकर्मी लगायत महिला स्वमसेबिकाहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *