जानकी खबर । असार २६ , सिरहा ।
लागूऔषध मुद्दामा ईलाका प्रहरी कार्यालय लहानको थुनामा रहेको थुनुवा फरार भएका छन् ।
प्रहरीको लापरवाहीका कारण लागूऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहा नवराजपुर गाउँपालिका १ निवासी पशुपति यादब आज बिहान २ बजेको समयमा हिरासतको ग्रिल काटेर फरार भएको हो ।
फरार यादवको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक सुवास बुढाथोकीले बताए ।


