जनकी खबर ।असार २६, जनकपुरधाम ।

२०७८ असार २६ गते, शनिवार, १० जुलाई २०२१। आषाढ कृष्णपक्ष औंसी तिथि, प्रातः ५ः५७ बजेदेखि शुक्लपक्ष, प्रतिपदा। पुनर्वशु नक्षत्र। चन्द्रराशि– मिथुन, साँझ ६ः३९ बजेदेखि कर्कट

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

पराक्रमी कार्य सम्पादन गर्दै नाम र दाम कमाउने बेला छ। उद्योग र व्यापारमा पनि मनग्य लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आँटेको काम सजिलै सम्पादन हुनेछ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। साँझतिर भने केही समस्या आउन सक्छन्, आफ्नैबाट धाेका पाइने सम्भावना छ।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। बुद्धिले काम लिँदा लक्ष्य पहिल्याउन सकिनेछ। साँझतिर चिताएको योजना कार्यान्वयनमा आउनेछ। मिहिनेतले केही उपलब्धि अवश्यै दिलाउनेछ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। सुन्दर पहिरनद्वारा व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। मनोरञ्जन र अतिथि सत्कारमा खर्च बढ्न सक्छ। वादविवादमा अघि नसर्नुहाेला।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

छिमेकमा असमझदारी बढ्ने हुँदा होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ला। बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। खर्च लागे पनि यात्रा गर्ने साइत जुर्नेछ। साँझतिर नयाँ अवसर जुट्नुका साथै बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। काम बन्नाले जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। केही रकम सञ्चय गर्न पनि सकिनेछ। साँझतिर घरखर्च बढ्नेछ।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ। साँझतिर व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धि दिलाउनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। केही विवादास्पद काम गर्नुपरे पनि साँझतिर कार्यसिद्धि हुनेछ।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। सामान्य कामका लागि पनि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

परिबन्धले केही चुनौती निम्त्याउन सक्छ। केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ। व्यापारमा लाभ लिने समय भए पनि तत्काल लाभांश प्राप्त नहुन सक्छ। प्रियजनको साथले नयाँ आशा जगाउनेछ। तर ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। साँझतिर वादविवादले काम राेकिन सक्छ।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। नयाँ तथा रचनात्मक काममा जुट्ने समय छ। मेहनतले प्रतिस्पर्धामा जित दिलाउनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। साँझतिर व्यापार–व्यवसायमा मनग्य धनलाभ हुनेछ।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ र पछि लाभ हुने काम प्रारम्भ हुनेछ। साँझतिर प्रतिस्पर्धात्मक काममा जुट्नुपर्ला। चुनौती चिर्दै फाइदा उठाउन सकिनेछ।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। सुरुमा काम राेकिए पनि मेहनत गर्दा साँझदेखि परिस्थिति अनुकूल बन्नेछ र फाइदा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *