जानकी खबर । असार २५ गते ।

नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाईंको दुर्घटनामा परी निधन भएको छ ।

शुक्रबार दिउँसो चारआली–चन्द्रगढी सडकखण्ड अन्तर्गतको देवकोटा चोकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरी कार्यालय झापा अनुसार प्रसाईं आफैले चलाएको बा १६ च ८१८२ नम्बरको कार देवकोटाको शालिकमा ठोक्किएर घाइते भएका उनको उपचारका क्रममा मेची अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *