जानकी खबर ।असार २४,सर्लाही ।

सर्लाही जिल्ला वाट ४० किलो गाँजासहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा लालबन्दी नगरपालिका ११, का २४ वर्षीय संगी लामा, लालबन्दी नगरपालिका ८, नेवार टोलका २७ वर्षीय दिलिप कुमार लोप्चन र लालबन्दी नगरपालिका ११, का २१ वर्षीय शंखलाल बल रहेका छन् ।

उनीहरुलाई बुधबार दिउँसो पूर्व -पश्चिम राजमार्ग अन्तर्गत ईश्वरपुर नगरपालिका १२, बाँके जंगलस्थित ना ६३ प ६७७ नम्बरको मोटरसाइकलमा पूर्वतर्फ लिएर गाँजा लैजाँदै सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुर्लाइ इलाका प्रहरी कार्यालय केशरगन्जले नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *