जानकी खबर । असार २४, गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले थप ४३ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका छन् ।

बुधबार मोदीले थप ४३ सदस्यीय जम्बो मन्त्रिमण्डल विस्तार गरेका हुन् । विस्तार गरिएको मन्त्रिमण्डलमा १५ केन्द्रीय मन्त्री र २८ राज्यमन्त्री रहेका छन् । ४३ जनाले मन्त्री र राज्यमन्त्रीको सपथसँगै पुराना ७ मन्त्रीहरुको बढुवा भएका छन् । प्रधानमन्त्री मोदीले १२ जना मन्त्रीलाई भने बिदा गरेका छन् । विस्तारित मन्त्रिमण्डललाई बुधबारै विभागीय जिम्मेवारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *