जानकी खबर।असार २२ गते ।
प्रतिलिटर २ रुपैयाँले पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।
१३ दिनपछि नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको हो ।
राति १२ बजेदेखि लागु हुनेगरी प्रतिलिटर २ रुपैयाँले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको निगमले जनाएको छ।
अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजेल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ।
यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।









