जानकी खबर ।असार २२, पर्सा ।
पुर्व राजा ज्ञानेन्द्रको ७५ औ जन्मोत्सवमा वीरगञ्जको घण्टाघर चोकमा दिप प्रज्वलन गरीएको छ।
नेपाल राष्ट्र बाद संघ केन्द्रीय कार्यालय वीरगञ्ज दुवारा पुर्व राजा श्री ५ महाराजधिराज ज्ञानेन्द्र बीरबिक्रम शाहदेव को ७५ औ शुभ जन्मोत्सव को उपलक्ष्यमा आज साँझ वीरगञ्ज को घण्टाघर चोकमा दिप प्रज्वलन गरीएको छ ।
दिप प्रज्वलन कार्यक्रम मा पृथ्वी झा, हरेराम रौनियार, बिरेन्द्र साह , उमाशंकर साह कलवार, दिपेन्द्र गुप्ता, लगायत ले पुर्व राजाको जन्मोत्सवको शुभकामना ब्यक्त गर्नु भएको थियो।
नेपाल राष्ट्र बाद संघ का केन्द्रिय अध्यक्ष जनकलाल शाह को नेतृत्व मा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको थियो।










