जाकी खबर । असार २२,जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय सदस्य महादेव यादवको निधन भएपछि उनलाई श्रद्धाजली दिन जनकपुरधाम आइपुगेका छन् ।

प्रचण्डले स्वर्गद्धारी पुगेर यादवप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

क्यान्सर पीडित माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधन भएपछि उनलाई श्रद्धाजली दिन प्रचण्ड जनकपुरधाम आएका हुन् । अहिले उनले जनकपुरधाम १४ स्थित मृतक यादवको घर पुगेर परिवारलाई सान्त्वना दिएका छन् । यादवका श्रीमतीलाई प्रचण्डले अब महादेव जीको सपना हामीले मिलेर पुरा गर्नुपार्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *