जानकी खबर ।असार २१,काठमाडौं ।
प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटमाथिको बहस आज सकिँदैछ । अदालतका सहयोगी एमिकस क्युरीले आज राय दिनेछन् । त्यसअघि सभामुखका   वकिलहरुको जवाफी बहस जारी रहने छ । 

त्यसका लागि दुई घण्टाको समय निर्धारण गरिएको छ । गत असार ९ गतेदेखि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सुनुवाइ हुँदै आएकाे छ ।विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाइ प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै १४६ जना सांसदले हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उनीहरूको बहससँगै सबै सुनुवाइ सकिनेछ । बहस सकिँदै गर्दा अधिकांशको ध्यान सर्वोच्च अदालततिर केन्द्रित भएको छ । फैसला कहिले दिने भन्ने अदालतले आजै जानकारी दिन सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *