जनकी खबर । असार १८ गते ।

प्रदेश २ सरकारले प्रदेश नीति तथा योजना आयोगमा एक महिला सहित दुई सदस्य नियुक्त गरेको छ ।
सिरहा जिल्लाको मिर्चैया नगरपालिका २ का डा. बैद्यनाथ महतो र मिथिला नगरपालिका ६ धनुषाका प्रमिला कुमारी सिंह प्रदेश नीति तथा योजना आयोगको सदस्यमा नियुक्त हुनु भएको हो ।
नव नियुक्त दुबै सदस्यहरुलाई मुख्यमन्त्री लालबाबु राउतले आजै नियुक्त पत्र हस्तान्तरण गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *