जनकी खबर ।असार, १६ गते ।

कमला नदीको बाढीमा फँसेका तीन महिलासहित चारजनालाई बुधबार  सुरक्षाकर्मीले उद्धार गरेको छ ।

कमला नदीको भंगालोमा फँसेका कर्जन्हा नगरपालिकाका ३ सुन्दरपुरका तीनजना महिला र धनुषाका १ पुरुष साधुको सकुशल उद्धार गरिएको हो ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूको सकुशल उद्धार गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *