जनकी खबर ।१६ असार, काठमाडौं ।
पार्टी एकताको प्रयास जारी रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेका छन् । अब १८ असारमा केन्द्रीय कमिटीको बैठक बस्ने जानकारी दिइएको छ ।

बालुवाटारमा बसेको बैठकमा अध्यक्ष ओलीले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अस्तित्व नरहेपछि यसले गरेका कारबाही पनि स्वतः निष्प्रभावी हुने घोषणा गरे । अर्थात् बरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीबाट निस्कासन गर्ने कारबाही कायम रहेन ।

तर बुधबारको बैठकबाटै पूर्वमाओवादी केन्द्रबाट आएका नेताहरु मनोनित गरिएको छ । खारेज हुनुअघिको आयोजक कमिटीले रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्टलाई स्थायी कमिटीमा मनोनित गरेको छ । सँगै, ३ जेठ २०७५ मा नेकपा माओवादी केन्द्रसँग एकता हुँदा एमालेका तर्फबाट थप भएका चार जनालाई पनि स्थायी कमिटीमा मनोनित गरिएको छ । पार्टी एकताका क्रममा विष्णु रिमाल, रघुवीर महासेठ, रघुजी पन्त र बेदुराम भुसाल स्थायी कमिटी सदस्यमा थपिएका थिए ।

अर्थात् एमालेको कमिटी ३ जेठ २०७५ को अवस्थामा फर्किएको छ, जुन अध्यक्ष ओलीले २३ जेठमा सार्वजनिक गरेको एकताको ६ बुँदे प्रस्तावको मर्म नै हो ।

तर यसमा माधव नेपाल समूह सहमत छैनन् ।

डेस्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *