जनकी खबर ।१६ असार, काठमाडौं ।
राष्ट्रपतिले विद्यादेबी भणडारीले असार १० गते नियुक्त गरेका संवैधानिक निकायमा पदाधिकारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संवैधानिक परिषदबाट नियुक्ति सिफारिस भएका पदाधिकारीको संसदीय सुनुवाइविना नियुक्त गर्न नमिल्ने भन्दै बदर गर्न माग गरेका हुन् ।
त्रिपाठीले रिटको टुंगो नलागेसम्म उनीहरुलाई कामकाज गर्न नदिन अन्तरिम आदेश पनि माग गरेको छ ।
उनीहरुलाई संसदीय सुनुवाइविनै राष्ट्रपति विद्यादेवी भण्डारीले असार १० गते नियुक्ति दिएकी थिइन् ।

