जानकी खबर ।असार १४,जनकपुरधाम
धनुषामा एक साता निषेधाज्ञा लम्ब्याइएको छ ।
थप खुकुलो बनाएर एक साता निषेधाज्ञा लम्ब्याइएको छ । थप गरिएको निषेधाज्ञाको अवधिमा सार्वजनिक सवारी साधन समेत चल्न पाउने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

धनुषाबाट अन्य जिल्लामा जाने र लामो दूरीका सार्वजनिक सवारी साधनबाहेक जिल्लाभरि सार्वजनिक सवारी साधन चलाउन पाइने उनले बताए।

धनुषामा सरकारी तथा अर्धसरकारी निकाय, स्थानीय तह, बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन हुने भएका छन् । भीडभाड हुन नदिई स्वास्थ्य मापदण्डको पालना गरी नियमित सेवा सुचारु गर्न निर्णय भएको प्रजिअ बन्धुप्रशादबास्तोलाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *