जनकी खबर ।असार १४, जनकपुरधाम ।
  आज सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार सोमबार  दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली हुनेछ । प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान हल्कादेखि मध्यम वर्षा हुनेछ । यसै गरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । 

अहिले गण्डकी र प्रदेश १ का थोरै स्थानमा वर्षा भइरहेको छ । 

प्रदेश-१ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको अनुमान महाशाखाले गरेको छ । 

भोलि देशभर अधिकांश स्थानमा पानी पर्नेछ । प्रदेश-१ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुनेछ । राति भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्नेछ   पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *