जनकी खबर ।१३ असार, काठमाडौं ।
एक महिनामा सेयर लगानीकर्ताहरुले ३२ अर्ब रुपैयाँभन्दा बढी कमाएका छन् ।
पछिल्लो एक महिनामा उनीहरुले ३२ अर्ब रुपैयाँभन्दा बढी कमाएका छन् । लगानीकर्ताको पुँजी ११ जेठको तुलनामा ११ असारमा ३२ अर्ब २१ करोड ३९ लाख रुपैयाँले बढेको हो ।
११ जेठमा सेयर बजारको बजार पुँजीकरण ३९ खर्ब १७ अर्ब ४० करोड ५३ लाख रुपैयाँ रहेको थियो । ११ असारसम्म आइपुग्दा यो ३९ खर्ब ४९ अर्ब ६१ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

