जनकी खबर । असार १२, सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गराउन परमादेश जारी गर्ने विश्वास व्यक्त गर्नुभयो।

शनिबार सप्तरीमा पत्रकारसँग कुरा गर्दै उनले सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गराउन परमादेश जारी गर्ने विश्वास व्यक्त गरे । ‘ अध्यक्ष यादवले नागरिकताको विषयमा प्रधानमन्त्री ओलीले ठूलो खेल खेलेको आरोप लगाए ।
संसदमा टेबुल भइसकेको नागरिकता विधेयकलाई संसदभित्रै पारित नगराई अध्यादेश बाट ल्याइएको भन्दै उनले भने, ‘एकातिर अध्यादेश जारी गरे, अर्काेतर्फ आफ्नै मान्छे लगाएर खारेज गर्न लगाएको ।’ बाताउनुभयो ।


संसदको पुर्नस्थापना र लोकतन्त्रको पनि रक्षा हुने विषयमा हामी ढुक्क रहेको’ उनले भने ।अध्यक्ष यदावले
प्रतिनिधिसभा पुनर्स्थापना हुने र शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन्।

उहाँले सरकारले कुनै माग पूरा नगर्दा पनि जसपाका कतिपय नेताहरु सरकारमा गएको टिप्पणी गरे । यादवले कुनै माग पूरा भएको छैन’ र केपी ओलीले त मधेशको माग सुन्नै चाहेका छैनन् अनि माग कसरी पूरा गर्छन् ?’ भन्दै प्रश्न गर्नुभयो ।

अध्यक्ष यदवले मधेशको माग जनसंख्याको आधारमा समावेशी समानुपातिक प्रतिनिधित्व, भाषाको अधिकार, ७ प्रदेशको सट्टा गरी १० जोड १ प्रदेशको अवधारणा ल्याउने भएपनि कुनै माग पूरा नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *