जनकी खबर ।असार ११ गते ।

मिथिला नगरपालिकाको आठौं नगरसभा भइरहेका बेला नगरबासीले टेन्ट तोडफोड गरेको छ ।

धनुषाका अधिकांश स्थानीय तहले गरेको नगरसभा विवादित बन्यो ।
यतिमात्र होइन्, राजमार्ग पनि अवरुद्ध पार् यो । ट्रमा सेन्टरको विवादलाई लिएर ढल्केबरका जनता मेयर हरिनारायण महतोविरुद्ध केहिदिन अगाडीदेखि नै आन्दोलन गरिरहेका छन् । बिहीवार नगरसभा भइरहँदा त्यहीँ पुगेर मेयर महतोविरुद्ध नाराबाजी गरे । तरपनि मेयरले वास्ता नगरेपछि उनीहरु तोडफोडमा उत्रेका थिए । सरकारले मिथिला नगरपालिकाको ढल्केवरलाई तोकेर ट्रमा सेन्टर निर्माणका लागि बजेट विनियोजन गरेको छ । तर मेयर महतोले ट्रमा सेन्टर अन्यत्र सार्ने निर्णय गरेपछि ढल्केबरका जनता आन्दोलन सुरु गरेका छन् । उनीहरुले ढल्केबरमै ट्रमा सेन्टर निर्माण नभए जस्तोसुकै खालको आन्दोलन गर्ने चेतावनी दिएका छन् । ट्रमा सेन्टर ढल्केबरमै निर्माण हुनुपर्ने भन्दै स्थानीय चन्देश्वर महतो र बुधेश्वर महतो संयोजकत्वमा ५१ सदस्य संघर्ष समिति समेत गठन गरेका छन् । उनीहरु मेयर महतोविरुद्ध चर्का नारा लगाउँदै पूर्वपश्चिम राजमार्ग पनि अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *