जनकी खबर ।असार ९ गते ।महोत्तरी ।
महोत्तरीको मटिहानी नगरपालिकामा नगरसभा चलिरहेकै बेला विपक्षी पाँच दलले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
विपक्षी दल तथा सर्व साधारण जनताहरुलाई सोधपुछ नै नगरी गुण्डा शैलीमा मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डलले नगरपालिकाको कार्यालय भन्दा बाहिर बन्द कोठामा नगरसभा गरेको आरोप लगाउँदै नगरपालिकाको कार्यालयमा पाँच दलले तालाबन्दी गरेका छन् ।
मठियानी नगरपालिका ५ दल र स्थानियहरु मिलेर नगरपालिकाको मुलगेटमा तालाबन्दी गरेका छन । भ्रष्टाचारी मेयर मुर्दाबाद लगायतका नाराहरु लगाउँदै नगरपालिका कार्यालय पुगेका पाँचै दलका करिब ६० जनाको समूहले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ ।

