जनकी खबर ।असार ९ , सिरहा
सिरहामा गुड्दै गरेको टिपरमा अचानक आगलागी भएपछि चालकले हाम फालेर ज्यान जोगाएको छ ।
बुधबार गुडिरहेको टिपरमा आगलागी भइ जलेको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका १० प्रयागपुरमा टिपर बालुवा लोड गरि ढल्केबर तर्फबाट चोहर्वा जाँदै गारेको ना १ क ५५५१ नम्बरको टिपरमा आगलागी भएको हो।
गुड्दै गरेको टिपरमा अचानक आगलागी भएपछि चालक हाम फालेर ज्यान जोगाएको स्थानीयबासिन्दाले जनाएका छन् ।
समयमा आगो निभाउन नसकिँदा टिपर पूर्ण रुपले नष्ट भएको छ ।
घटना विषयमा अनुसन्धान गर्न प्रहरीको टोलि घटनास्थल पुगेको छ ।



