जनकी खबर ।असार ८ गते।

भारतमा एकैदिनमा ८० लाखभन्दा धेरैलाई भ्याक्सिन लगाइएको छ ।
छिमेकी मुलुक भारतमा हिजो सोमबार ८० लाखभन्दा धेरैमा भ्याक्सिन लगाइएको हो । अहिलेसम्म कुनै पनि देशमा एक दिनमा यति धेरै संख्यामा भ्याक्सिन लगाइएको छैन ।

गत अप्रिल ५ मा पनि ४३ लाखभन्दा धेरैलाई भ्याक्सिन लगाइएको थियो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै खुशी व्यक्त गरेका छन् । उनले कोरोनाविरुद्ध लड्नका लागि भ्याक्सिन नै सबैभन्दा बलियो हतियार भएको बताएका छन् । मोदीले भ्याक्सिन लगाउने सबैलाई बधाई पनि दिएका छन् ।

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार भारतमा अहिलेसम्म ३८ लाख ८ हजार १३५ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् भने २ करोड ९९ लाख ३५ हजार २२१ जनामा संक्रमण पुष्टि भएको छ । 

भारतमा हालसम्म २८ करोडभन्दा धेरैले भ्याक्सिन लगाइसकेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *