जनकी खबर ।असार ७ गते । सप्तरी ।

सप्तरीमा ९ वर्षीया बालिका शिवानीकुमारी यादवको घाँटी रेटेर भएको हत्यामा सलग्न एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा ३ तरहि हटैल टाेलका १९ वर्षीय रोहितकुमार यादव रहेका छन् ।

प्रहरीका अनुसार करणी प्रयासको पोल खुल्ने डरले उनको हत्या भएको हो । हत्या आरोपमा प्रहरीले बालिकाकै गाउँका १९ वर्षका युवक रोहितकुमार यादवलाई पक्राउ गरेको छ ।

गत शुक्रबार घाँस काट्न घरबाट निस्केकी सोही वडाका रामउद्गार यादवकी छोरी शिवानीकुमारी यादवको हत्या भएको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा रोहितलाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले बताएका छन् ।

आरोपीको प्रारम्भिक वयान अनुसार करणी गर्न खोज्दा नमाने घाँटी रेटी हत्या गरिएको खुलेको छ । आरोपीलाई ईलाका प्रहरी कार्यालय कल्याणपुरमा राखेर आवश्यक थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

असार ४ गते डाक्नेश्वरी नगरपालिका–३ हटैलकी ९ वर्षीया शिवानी यादवको शव स्थानीय शिवनाथ यादवको आँपको बगैंचामा भेटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *