जानकी खबर । असार ६ गते । नायिका काजले अग्रवाल सानिवार आफ्नो ३६ औं जन्मदिन मनाअएकी छिन् । सन् १९८५ जुन १९ मा जन्मिएकी काजलले कोरसको रुपमा काम गर्दै करिअरको सुरुवात गरेकी थिइन् ।काजलले गतबर्ष मात्र बिबाह गरेकी थिइन् । साउथदेखि बलिउड चलचित्रमा लोकप्रियता हासिल गरेकी यी नायिकाले करिअरको सुरुवात भने संघर्षपूर्ण तरिकाले गरेकी थिइन् ।

काजलले सुरुवातमा बलिउड चलचित्रमा नै काम गरेकी थिइन् । तर, बलिउडमा पहिचान नमिलेपछि उनले साथ चलचित्रमा काम गरेकी थिइन् । साउथमा सुपरहिट चलचित्र दिएपछि लोकप्रिय बनेकी यी नायिकाले फेरि सन् २०११ म बलिउड चलचित्रमा कमब्याक गरेकी थिइन् ।

काजलले सन् २००४ मा चलचित्र ‘क्यू हो गया ना’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । बलिउडमा नाम कमाउन नसकेपछि उनले सन् २००७ मा ‘लक्ष्मी कल्याणम’ नामक तेलुगु चलचित्रमा काम गरृेकी थिइन् । यही बर्ष उनले ‘चन्दामामा’मा काम गरिन् । यो चलचित्र हिट भएपछि उनको करिअर पनि चम्कियो ।

साउथमा हिट भएपछि उनले सन् २०११ मा ‘सिंघम’ चलचित्रबाट बलिउडमा कमब्याक गरेकी थिइन् । यसपछि उनले ‘स्पेशल २६, दो लफ्जो कि कहानी, मुम्बई सागा’ लगायतका चलचित्रमा काम गरेकी छिन् ।

काजलको प्रेम चर्चा पनि केही बर्ष अगाडि चर्चामा थियो । उनी, साउथका सुपरस्टार प्रभाषको प्रेममा रहेको खबर फैलिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *