जानकी खबर । ५ असार, काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले आफू सभापतिमा दोहोरिने बताएका हुन् ।
शनिबार बिहान प्रदेश १ का केन्द्रीय सदस्यहरुसँग बुढानीलकण्ठमा छलफल गर्दै देउवाले आफू सभापतिमा दोहोरिने स्पष्ट संकेत दिएका छन् ।
नेपाली कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको दोस्रो दिन देउवाले छलफल गर्दै आफू सभापतिमा दोहोरिने बताएका हुन् ।
देउवाले पार्टीमा धेरै काम गर्न बाँकी रहेकाले फेरि सभापतिमा दोहोरिन चाहेको बताए ।
उहाँले महाधिवेशनमा जित्ने गरी काम गर्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिए । सातै प्रदेशका केन्द्रीय सदस्यसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम राखेका छन् ।
छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङ, बाबुराम बस्नेत, डा. डीला संग्रौला, सुजाता परियारलगायत सहभागी थिए ।

