जानकी खबर । असार ४ । मोरङ ।
जङ्गली हात्तीको आक्रमणबाट मोरङमा एक युवकको मृत्यु भएको छ ।
हात्तीको आक्रमणबाट मोरङको सुनवर्षीमा शुक्रबार बिहान एक युवकको मृत्यु भएको हो ।
सुनवर्षी–८ हरि चन्द्रगढीका २१ वर्षीय मनोहर मियाँको जङ्गली हात्तीको आक्रमणमा परेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
हात्ती छेउमै आइपुग्दा पनि फोटो खिच्ने धुनमा रहेका उनले पत्तो नपाएको र हात्तीले आक्रमण गरेको थियो ।
भारतको सोनापुर र फुलगाहामा त्यही हात्तीले बिहीबार चार जनालाई मारेको बुझिएको छ ।
त्यहा मार्न थालेपछि भारतबाट लेखेट्ने क्रममा भागेर जङ्गली हात्ती नेपाल आइपुगेको जानकारी प्रहरीले दिएको छ ।

