जानकी खबर । असार ४ गते ।सप्तरी ।

सप्तरीमा बालिको सामूहिक बलात्कारमा १३ वर्ष कैद सजाय पाएर फरार भएका अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तिलाठी कोईलाडी गाउँपालिका ३ बस्ने जोगिन्द्र भनिने ओम प्रकाश मुखिया रहेका छन् ।

मुखियालाई सप्तरी प्रहरीले बुधबार राति उनकै गाउँबाट पत्राऊ गरेको सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

मुखियाले गाई चराउन गएकी १० वर्षीया बालिका लाई बलात्कार गरेको अभियोगमा सप्तरी जिल्ला अदालतले २०७५ असार ५ गते १३ वर्ष कैद सजाय फैसला गरेको थियो ।
यो घटना २०६४ साल असोज ९ गते घटेको थियो । त्यसयता उनी फरार थिए । पक्राउ परेका मुखियालाई कैद भुक्तानको लागि अदालतले राजविराज कारागार चलान गरिसकेको छ ।

यस घटनामा अरु तीनजना पनि संलग्न थिए । उनीहरुलाई पनि १३ वर्ष नै कैद सजाय फैसला भए पनि एकजना अझै फरार रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *