जनकी खबर ।असार ४ गते । महोत्तरी ।
महोत्तरीको बलबा नगरपालिका प्रमुख र वडाअध्यक्षविरुद्धमा युवाहरुले सडकमै धान रोपेका छन् । नगरपालिका प्रमुख विनोद यादव र वडाअध्यक्ष राजकुमार यादवको विरुद्धमा युवाहरुले सडकमै धान रोपेका छन् ।
नगरपालिकाको वडा १० धमौरा बजारबाट ध्रुव कुण्ड तर्फ जाने गाउँको सडक मै युवाहरुले सांकेतिक विरोध स्वरुप धान रोपेका हुन् ।
मेयर र वडा अध्यक्षले बिकासको कामकाज सुस्त गरेको कारण सडक हिलाम्य भएको भन्दै स्थानीय युवाहरुले धान रोपेर विरोध जनाएका हुन् ।
युवाहरुले तत्कालै समस्या समाधान नगरे वडा कार्यालय र नगरपालिकामा समेत बिरोध गर्ने चेतावनी दिएका छन् ।
पर्यटन स्थललाई सौन्दर्यीकरण गर्न लाखौं बजेट खर्ज गरे पनि परिक्रमा बस्ने ध्रुव कुण्ड भित्र जाने मुल गेटमै हिलाम्य भएको छ ।

