जानाकी खबर ।असार ३ गते । महोत्तरी । महोत्तरीमा गएराती एक सुनचादी पसलमा डकैती भएको छ । समसी गाउँपालिका १ पर्साका विरेन्द्र साहको  सुनचादी पसलमागए राति कारिब १० जनाको संख्यामा आयेका डाकाको समुहले गोली प्रहार गरी लगभग १० लाख  रुपैयाँ बराबरको लूटेर लगेका हुन् ।

डाकाको गोली बाट पसल संचालक ५० वर्षीय विरेन्द्र साह गम्भीर घाइते भएका छन् । कम्मरमा गोली लागेर गम्भीर घाइते भएका साहलाई उपचारका लागि धरान लगिएको छ ।

डाकाहरुको प्रहारबाट साहकी श्रीमती ४५ वर्षीय शुशीला देवी साह, छोरा २५ वर्षीय शम्भु साह, छोरी २० वर्षीय कंचन कुमारी साह, १७ वर्षीय छोरा राजिव साह घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

उनीहरुको उपचार जनकपुरधाम स्थित प्रादेशिक अस्पताल जनकपुरमा भईरहेको छ।

डाकाहरुले चाँदी १७२ तोला , सुन ५ तोला  र नगद २ लाख गरि १० लाख रुपैयाँ बराबरको धनमाल लुटेर लगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

साहले घरमै संचालन गरेको सुनचाँदी पसलमा मध्यराति डाकाहरुले घरको पछाडीबाट पर्खाल नाघी घर भित्रेै प्रवेश गरी कटुवा पेस्तोल र फलामको रड प्रयोग गरी लुटपाट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *