जनकी खबर ।असार ३ गते । जनकपुरधाम ।
मौसम पूर्वानुमान महाशाखालले देशको केहि स्थानहरुमा वर्षा भईरहेकोे जनाएको छ ।
मनसुनी वायुको प्रभावले देशको विभिन्न स्थानमा अहिले पनि समान्यदेखि पूर्ण बदली भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा वर्षा भईरहेकोे जनाएको छ ।
अगामी २४ घण्टा भित्र देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाका साथै प्रदेश १, बागमाती प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशको केहि भू–भागमा मेघगर्जन÷चट्याङ्ग सहित भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सर्तकता अपनाउन महाशाखाले सुचित गरेको छ ।

