जनकी खबर ।असार २,जनकपुरधाम ।
प्रदेश २ का प्रमुख डा. राजेश झा अहिराजले जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको स्थलगत निरिक्षण गर्नुभएको छ ।
बुधबार विहानै अस्पताल पुगेका प्रमुख अहिराजले अस्पतालको आइसीयु साहित विभिन्न कक्षहारुको अवलोकन गरेका थिए ।
अस्पतालको अवस्थाको विषयमा मेसु डा. प्रमोद कुमार यादव सहितका चिकित्सकहरुले प्रदेश प्रमुखलाई अवगत गराएका थिए ।
अस्पतालको माकक्षमा उपचारार्थ प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादवकी आमाको उनले स्वास्थ्य लाभको कामना गरेका छन् ।
प्रमुख डा. राजेश झा अहिराजले अन्यत्रबाट आएका बिरामीहरुको स्वास्थ अबस्थाको बारेमा पनि जानकारी लिनुभएको थियोे ।
मन्त्रीकी आमाले प्रदेश प्रमुखलाई आर्शिबाद दिइन ।






