जनकी खबर ।असार २ गते ।जानाकपुरधाम ।

जनकपुरधाममा ४ वर्षीया बालिकामाथि बलात्कार भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका-२२ बसबिट्टीकी ४ वर्षीया बालिकालाई सोही ठाउँका ५० वर्षीय छिमेकीले  बलात्कार गरेको हो । बलात्कार गरेको आरोपमा प्रहरीले बसबिट्टी निवासी ५० वर्षीय छेदु मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार मंगलबार साँझ बालिकालाई खेलाउनका लागि छिमेकीले मण्डलले घरबाट आफूसँग लगेका थिए । खेलाउन लगेको मौका छोपी उनले बालिकालाई आँपको बगैँचा लगी जबरजस्ती करणी गरेका थिए । 

अबेर साँझसम्म घर नफर्केपछि घरपरिवारले बालिकाको खोजबिन गर्दैजाँदा घरभन्दा करिब २ सय मिटर पर आँपको बगैँचामा अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बलात्कार गरेको उजुरीका आधारमा जिल्ला प्रहरीले मण्डललाई पक्राउ गरेको  प्रकाश र घटनाबारे थप अनुसन्धान भइरहेकोप्रहरी उपरीक्षक प्रकाश रानाभाटले बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *