जानकी खबर । असार २ गते । जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधाममा अक्सिजन प्लान्टको उद्घाटन गर्नुभएको छ ।
एस आर जे ग्रुपले जनकपुरधाम उपमहानगर वडा न. २३मा स्थापना गरेको ग्यास प्लान्ट को बुधबार मुख्यमन्त्री राउतले उद्घाटन गर्नु भएको हो ।
मुख्यमन्त्री राउतले कोरोना माहामारी सङ्ग जुध्न महत्वपूर्ण रहेको अक्सिजन उत्पादन शुरु गरेकोमा उद्योग का सञ्चालक हरु धन्यवाद दिदै जनकपुर क्षेत्रमा अब अक्सिजनको आभाव नहुने बिश्वास ब्यक्त गर्नु भयो ।
सात करोड्को लगानीमा सुरु भएको उक्त उद्योगले दैनिक ४५० सिलिन्डर अक्सिजन उत्पादन गर्ने जनाईएको छ ।
कार्यक्रममा एसआरजे ग्रुपका अध्यक्ष शिवनन्दन साह सामाजिक बिकास मन्त्री नवल किशोर साह , प्रदेश सभा सदस्य करिमा बेगम, पुर्ब कृषि मन्त्री हरिनारायण यादव , मुख्यन्यायधिबक्ता दिपेन्द्र झा लागायतको उपस्थिती थियो ।







