जनकी खबर ।असार २ गते ।
नायिका ज्याकलिन फर्नान्डेज साउथका एक व्यापारीको प्रेममा रहेको खबर भारतीय मिडियाले सार्वजनिक गरेका छन् ।
ज्याकलिन चाडै नै आफ्ना प्रेमीसँग मुम्बईमा एकसाथ बस्ने तयारीमा समेत छिन् । मिडिया रिपोर्टका अनुसार, ज्याकलिनले केही महिनादेखि जुहु इलाकामा घर खोजिरहेकी थिइन् । अब, उनले घर पाएकी छिन् र अहिले यसको सज्जावटको काम चलिरहेको छ ।
साउथका व्यापारीको नाम भने सार्वजनिक भएको छैन । तर, श्रीलंकाकी यी सुन्दरी प्रेममा निकै नै गम्भिर रहेको पनि बताइएको छ ।
बलिउड नायिका फर्नान्डेजको नाम नायक सलमान खानसँग बेला–बेलामा जोडिने गरेको छ । सलमानसँग नाम जोडिएपनि उनीहरु प्रेममा रहेको खबर पुष्टी भनेको हुन सकेको थिएन ।
गतबर्षको लकडाउनमा सलमानको फार्म हाउसमा नै ज्याकलिनले समय बिताएकी थिइन् ।

