जानकी खबर ।असार २ गते ।
काठमाडौं : अविरल वर्षाका कारण आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको क्याम्प बगाएको छ । क्याम्पमा रहेका २३ मजदुर अझै बेपत्ता छन् भने अलपत्र परेका ४७ जनाको उद्धार गरिएको छ ।
हेलम्बु गाउँपालिका १ आम्बाथानमा रहेको आयोजनाको मुहान नजिकैको क्याम्प बाढीले बगाउँदा अलपत्र ४७ जना मजदुरलाई नेपाली सेना तथा निजी कम्पनीको हेलिकप्टरबाट उद्धार गरी धुलिखेल अस्पतालमा राखिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।
उद्धार गर्नुपर्ने कति बाकी छन् अझै जानकारी आइसकेको छैन ।


