जनकी खबर ।

जनकपुरधाम, असार १ गते ।

  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधाममा सात दिवसीय योग शिविरको उदघाटन गरेका छन् ।

सातौ अन्तराष्ट्रिय योग दिवसको अवसरमा मंगलबार मुख्यमन्त्री राउतले सात दिवसीय योग शिविरको भर्चुअल प्रविधि मार्फत उदघाटन गरेका हुन् ।

पतंञ्जली योग समिति प्रदेश नं.२ ले आयोजना गरेको सात दिवसीय योग शिवरको आज बिहान  मुख्यमन्त्री राउतले आफनै निवास मधेश भवनबाट भर्चुअल प्रविधि मार्फत उदघाटन गरेका हुन् ।

उहाँले योगलाई   विश्व स्तरमा स्थापित गराउन  बाबा रामदेवले र  प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिकालाई प्रशंसा गरेका छन् । शहरी क्षेत्रमा मात्र सिमित योगलाई ग्रामीण क्षेत्रसम्म पुगाउन उनले जोड दिए ।

समारोहमा प्रदेश सभा सदस्य एवं पतञ्जली योग समितिका प्रमुख सल्लाहकार कौशल यादवले स्वागत मन्तव्य राखेका थिए ।

     कार्यक्रममा योग समितिका प्रदेश अध्यक्ष हरिहरलाल चौधरी,  भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, प्रमुख सचिव गोकर्ण मणि दुवाडी, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, पतञ्जली योग शिविरका पदाधिकारीहरु लागायत योगीहारुको उपस्थिति रहेको थियो ।

  अषाढ ७ गते विश्व व्यापीरुपमा मनाइने अन्तराष्ट्रिय योग दिवसको शिविरम लव देव गुरुले योगको संचालन  गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *