जानकी खबर ।जेठ ३१ सिरहा ।

सिरहाका एक व्यवसायीमाथि गोली प्रहारमा संलग्न ३ अभियुक्तलाई प्रहरीले पक्राउ परेका छन् ।

१० दिन पाहिले,मिर्चैयाका औषधि व्यवसायी रामसागर साफीमाथि गोली प्रहार गरेको आरोपमा आइतबार बिहान प्रहरीले तीन जनालाई पक्राउ गारी सार्वजनिक गरेको हो ।

गत जेठ २२ गाते शनिबार साँझ पौने ८ बजेतिर बत्ती गएका बेलापसलमै बसिरहेका मिर्चैया नगरपालिका ६ स्थित सिद्धी मेडिको सञ्चालक४० वर्षीय साफीमाथि पैदल आएको अज्ञात समूह गोली प्रहार गरी फरार भएको थियो ।

गोली उनको बायाँ हात र तिघ्रामा लागेको छ । शनिबारै साँझ मिर्चैयास्थित अस्पतालबाट उनलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको र उनी अहिले खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाइएको छ ।

सार्वजनिक हुनेमा मिर्चैया ६ कै ४२ वर्षीय सूर्यदेव साफी, उनका छोरा
२३ वर्षीय रोहित साफी र गोलबजार ११ का ४५ वर्षीय मो. हकिम फकिर रहेका छन् । सूर्यदेव रामसागरका आफ्नै सहोदर दाइ हुन् ।

सूर्यदेवले पारिवारिक द्वन्द्व र सम्पत्ति विवादका कारण आपराधिक समूहलाई रकम दिई रामसागरमाथि गोली प्रहार गर्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मास्क लगाएर समूहमा आएका उनीहरूले दुई राउण्ड गोली चलाउँदा रामसागरको बाँया खुट्टाको तिघ्रा र बाँया हातको कुहिनामा गोली लागेको थियो ।

घटनाका अभियुक्तहरूले संलग्नता स्वीकार गरिसकेको सिरहाका प्रहरी प्रवक्ता तथा डीएसपी शालिग्राम शर्माले बताए ।

सम्पत्ति विवादका कारण आपराधिक समूहलाई रकम दिई रामसागरमाथि गोली प्रहार गर्न लगाएको प्रहरी    अनुसन्धानबाट खुलेको छ ।

घटनामा संलग्न साफी परिवारकै दुई जना र आपराधिक समूहका एक जना गरी तीन जना पक्रउ परेको र आपराधिक समूहका अन्यको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई सिरहा जिल्ला अदालतमा पेश गरी म्याद थप गरेर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठले जनाए ।

स्थानीय साफी पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिर्चैया नगरपालिका–५ कटारी चोक र थाना चोकबीचमा रहेको सिद्धि मेडिकोका सञ्चालक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *