जनकी खबर ।जेठ ३१,जनकपुरधाम ।

धनुषामा थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ ।
सोमबार बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणका कारण निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
कोरोना संक्रमणको पछिल्लो अवस्थबारे समिक्षा गर्दै समितिले निषेधाज्ञा पाँचौ पटक थप गरेको छ ।
समितिको बैठकले बिहान ११ बजे सम्म पसल्हरु खोल्न पाइने निर्णय पनि गरेको छ ।
अतिआवश्यक प्रयोजनका पसलहरु ११ बजेसम्म खोल्न सक्ने धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोलाले जानकारी दिए ।
बैंक तथा बित्तीय संस्थाहरुमा भने ५० प्रतशित कर्मचारी उपस्थित भई सेवा सुचारु गर्न सक्ने निर्णयसमेत बैठकबाट भएको छ ।

यसअघि जेठ १७ गते एक साता निषेधाज्ञाको म्याद थप गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *