जनकी खबर । जेठ २९ जनकपुरधाम ।
प्रदेश सांसद मञ्जु यादवलेले महिलालाई ५० प्रतिशत आरक्षण दिने घोषणा भएको प्रदेश २ मा महिलालाई नै मन्त्री नबनाएको भन्दै आस्चर्य व्यक्त गरेकी छन् ।
प्रदेश २ मा महिला मन्त्री नबनाएको आक्रोश व्यक्त गर्दै नेकपा एमालेकी प्रदेश सांसद मञ्जु यादवलेले सभामा महिला अधिकार सम्बन्धि महत्त्वपूर्ण प्रशन गरेकी छन् ।
शनिबार बसेको प्रदेसभा बैठकमा नीति तथा कार्यक्रमको छलफलमा बोल्दै प्रदेश सांसद यादवले ५० प्रतिशत आरक्षणको घोषणा गर्ने प्रदेशमा महिलालाई मन्त्री नबानाउनु दुखद रहेको बताइन् ।
‘महिलालाई ५० प्रतिशत आरक्षण दिने घोषणा भएको प्रदेशमा महिलालाई नै पछाडि पार्न खोजिएको उहाँको भनाइ छ ।
के यो प्रदेश सभामा महिला छैनन् ?’ प्रश्न गर्दै उनले भनिन् आज महिला सांसदलाई मन्त्री पदबाट वञ्चित कुन नीतिको आधारले गर्नुभो ?’
सांसद यादवले सत्तापक्ष र प्रतिपक्षले महिलालाई बाइकट गरेर चल्न नमिल्ने बताउँदै दलित सशक्तीकरण भनेर ५० प्रतिशत महिलाको कोटा सुरक्षित गरिएको कुरा कागजमै सीमित रहेकोप्रति दुःख व्यक्त गरिन् ।
उनले , के मधेशका महिलाहरु गुलामी गर्नका निम्ति राजनीतिमा आएका हुन् ? भनेर प्रश्न गरीन ।
सांसद यादवले पुरुष सांसदलाई लक्षित गर्दै ,‘तपाईंहरुलाई थोरै पनि लाज लाग्दैन ? यो अवस्थाले हामी जनतामा के मुख लिएर जाने लगायतका महत्त्वपूर्ण प्रसनहरु राखेकी थिइन ।
हालै नेपाली कांग्रेसलाई सहभागी गराएर प्रदेश सरकार विस्तार गरिएको छ । कांग्रेसबाट तीन जना मन्त्री बने पनि महिलालाई जिम्मेवारी दिइएको छैन ।
प्रदेशमा अहिले मुख्यमन्त्री र ६ जना मन्त्री छन् । तर, कोही पनि महिला छैनन् ।

