जनकी खबर ।जेठ १९ जनकपुरधाम ।

नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकले कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम वैद्यले लिखित रुपमा माफी माग्नुपर्ने र उनको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग गरेको छ ।

शनिबार बिहान बसेको बैठकले वैद्यको गैरराजनीतिक अभिव्यक्तिको भर्त्सना गर्दै संसदमा लिखित रुपमा माफी माग्नुपर्ने माग गरिएको बागमती प्रदेशसभामा एमालेका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।

वैद्यले शुक्रबारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्ने क्रममा प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्सेजस्तै व्यक्ति आवश्यक परेको आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।

काग्रेस सांसदको सो अराजकतापूर्ण अभिव्यक्तिको सर्वत्र निन्दा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *