जनकी खबर । जेठ २८जनकपुरधाम ।

धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिका–६ स्थित एकैपकट ५ जना बालिकाले हात जोडेर पोखरीमा हाम फाल्दा डुबेर मृत्यु भएको छ ।

शुक्रबार बाख्रा चराउन गएका उनीहरु गर्मी छल्न पोखरीमा नुहाउन हाम फालेका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृत्यु हुनेमा १० देखि १४ वर्षसम्की ५ जना बालिका छन् ।

निर्माणधीन पोखरीमा वर्षा हुँदा जमेको पानीमा डुबेर उनीहरुको मृत्यु भएको हो ।

पोखरीमा डुबेर पल्टु यादवको १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र यादवका १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पुर्वेको १३ वर्षीया छोरी मन्जु, जगरनाथ ठाकुरीको १२ वर्षीया नातिनी चाँदनी र उतीम सहनीको १२ वर्षीया छोरी ललिता सहनीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले बताए ।

पोखरीमा डुबेर मृत्यु भएका बालिकाहरुको शव स्थानीयले निकालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *