जानकी खबर ।जेठ २८ जनकपुरधाम ।
नेपाली सेनाले क्लोथ बैंक नेपाल धनुषालाई कोरोना भाईरससंग लड्न स्वास्थ्य सुरक्षा समाग्रीहरु हस्तान्तरण गरेको छ ।
शुक्रबार नेपाली सेनाले प्रदेश २ प्रमुख डा. राजेश अहिराजको विशेष उपस्थितीमा बैंकलाई मण्डी २ सय थान, झुल २ सय थान, मास्क २ सय प्याकेट, सेनिटाइजर २ सय लिटर, डिटल साबुन ५ सय पिस र अक्सिमिटर ५० थान उपलब्ध गराएको हो ।
प्रदेश प्रमुख डा. अहिराजले बैंकका अध्यक्ष राजिव झालाई सो सरसमानहरु हस्तान्तरण गरेका हुन ।
उहाँले संकटको समयमा देश र जनताको हकमा सदैव तत्पर रहेको भन्दै नेपाली सेनाकाे प्रशंसा गर्नुभयो ।






