जनकी खबर ।२८ जेठ धनगढी

कञ्चनपुरमा १९ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।

बेदकोट नगरपालिकामा १९ वर्षीया किशोरीमाथि बिहीबारसामूहिक बलात्कारमा संलग्न भएको आरोपमा २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरिएको हो ।

बलात्कार गरेको आरोप लागेका वेदकोट नगरपालिका-६ का २३ वर्षीय विकलाई पक्राउ गरिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

अर्का आरोपी सोही ठाउँका अन्दाजी २३ वर्षका युवक फरार रहेकाले उनको खोजीकार्य भइरहेको प्रहरीले बताए ।
पीडित युवतीले बिहीबार राति करिब ९ बाजे उनीहरुसँगै घुम्न गएका बेला किशोरीमाथि दुवैजनाले जबरजस्ती करणी गरेको आरोप लगाएकी छन् ।https://www.facebook.com/janakikhabar24/

Leave a Reply

Your email address will not be published. Required fields are marked *