जानकी खबर ।जेठ २७ जनकपुरधाम ।

पतिको दीर्घायु तथा कुशल दाम्पतीय जीवनको कामना गर्दै आज मिथिलाञ्चलका मैथिली महिलाहरुले बट सावित्री पर्व मनाउदै छन । यो बर्ष  निषेधआज्ञाले प्रभवित रहे पनि महिलाहरुले आस्थाका सथ वट सावित्री पुजा गरि कथा सुन्दै छ्न ।

प्रत्येक वर्ष जेठ महिनाको अमवशिया तिथीको दिन मनाउने वट सावित्रिको पूजामा महिलाहरुले नयाँ पहिरनमा वर र पिपलको रुखमा सामुहिक रुपमा विधिपूर्वक पूजा गर्छन ।

पान, सुपारी, केरा, फलफूल, धुप लगायतको विभिन्न पूजन सामग्रीको साथ पूजापाठ गरेर व्रतालु महिलाहरुले आफ्नो श्रीमानको दीर्घायु तथा कुशल दाम्पतीय जीवनको कामना गर्दै वर तथा पिपलको रुखलाई रातो, र पहोलो धागो वेरी पुजा गर्छन ।

पौराणिक कथा अनुसार राजा सत्यवानको मृत्यु हुँदा उनकी पत्नी सावित्रीले वरको रुख तल बसेर कठोर ब्रत गरी आफनो पतिको प्राण फर्काएको हुँदा महिलाहरुले पतिको दिर्घायुका लागि वट सावित्री पर्व मनाउने गरेको धार्मिक ग्रन्थमा उल्लेख छ । सुरुसुरुमा ब्राह्मण, कायस्थ र देव जातिका महिलाले मात्र गर्ने गरेको बरसाइत पूजा अहिले अन्य जातिका महिलाले समेत पतिको दीर्घायुको कामनासहित गर्न थालेपछि यसको महत्वले बढीरहेको महिलाहरू बताउँछन् ।

मैथिली महिलाहरुले मनाउने चाँड मध्ये वट सावित्री अर्थात बरसाईत पर्व मैथीलि महिलाहरुका लागि महान् पर्वकै रुपमा मनाइने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *